रुपन्देहीमा पाँच जनाको हत्या


गोरखा खबर
  • मंगलबार, जेष्ठ २७ २०७७

  • गोरखाखबर(रुपन्देही,२७ जेठ) । सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा सोमवार राती पाँच जनाको सामूहिक हत्या भएको हो ।घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झसेन्द्र सिंजालीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार