गोरखाखबर(गोरखा,२५ जेठ) । गोरखामा पहिलोपटक देखिएको १० जना संक्रमित लाई गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रयोगशाला परीक्षणका क्रममा आइतवार संक्रमण पुष्टि भएका गण्डकी गाउँपालिकाका ९ जना र प्रहरी हिरासतमा रहेका १ जना लाई गोरखा अस्पतालको आइसोलेसन कक्षमा राखिएको हो ।

भारत बाट आएर क्वारेन्टीनमा बसेका घ्याल्चोक स्थित भीमोदय आधारभूत विद्यालयका,४ जना दर्बुङ स्थित रत्नेश्वर माविका ४ जना र काभ्रेबाट आएका घ्याल्चोककै ज्ञानमार्ग माध्यमिक विद्यालयमा बसेका १ जना लाई आइसोलेसमा राख्नका लागि एम्वुलेन्समा सदरमुकाम ल्याइएको थियो । सबै संक्रमितहरुको अवस्था सामान्य रहेको कोभिड –१९ का गोरखा अस्पतालका संयोजक समेत रहेका विशेषज्ञ चिकित्सक डा. सन्तोष बास्तोलाले जानकारी दिए ।