गोरखामा पहिलोपटक १० जनामा कोरोना संक्रमण पुष्टि(कहाँ छन )


गोरखा खबर
  • आइतबार, जेष्ठ २५ २०७७

  • गोरखाखबर(गोरखा,२५जेठ) । गोरखामा पहिलोपटक १० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । गोरखा गण्डकी गाउँपालिकाका ९ जना पुरुष र पालुङटार नगरपालिकाका एक किशोरमा संक्रमण देखिएको हो । पालुङटार नगरपालिकाका किशोर जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेको प्रहरीले पुष्टि गरेको छ ।

    गण्डकी गाउँपालिकाका बाँकी ९ जना संक्रमित मध्ये भारत बाट आएका ४÷४ जना घ्याल्चोक स्थित भीमोदय विद्यालय,दर्बुङ स्थित रत्नेश्वर मावि र काभ्रेबाट आएका १ जना घ्याल्चोककै ज्ञानमार्ग माध्यमिक विद्यालयको क्वारेन्टीनमा रहेको गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले बताए ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतवार जारी गरेको जारी गरेको प्रेस विज्ञप्तीमा गण्डकी प्रदेशमा नयाँ संक्रमण पुष्टि भएका ३८ जना मध्ये गोरखाका १० जना छन । जसमध्ये गोरखाको गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१, २३ वर्षका पुुरुष र गोरखा पालुङटार नगरपालिका १७ वर्षीय किशोर रहेका छन । गोरखाको १० जना मध्ये गण्डकी गाउँपालिका ९ जनाको गत जेठ २० गते र हिरासतमा रहेको १ किशोरको जेठ १९ गते नमुना संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार