गोरखाखबर(गोरखा,२४ जेठ) । क्यान्सर बाट पिडित उसर्वानी खातुनको उपचार सहयोग अभियान शुरु भएको छ । बारा जिल्ला घर भई गोरखाको नयाँबजारमा विगत १५ वर्ष देखि सिलाइको काम गर्दै आएका ईसु मियाँकी पत्नी उसर्वानी खातुन उपचारका लागि स्थानीयहरु सहयोग संकलनमा जुटेका छन ।

गोरखा बजारका स्थानीयबासिन्दा, कालिका महिला समूह, हाम्रो सहारा फाउण्डेशन लगायतले आर्थिक सहयोग जुटाएर पहिलो चरणमा शनिवार एकलाख ५५ हजार चार सय १० रुपैयाँ उनका पति ईसु मिया लाई हस्तान्तरण गरेको हाम्रो सहारा फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन । बिरामी भएर उपचार गराउने क्रममा केही दिन अघि मात्र पित्तथैलीको क्यान्सर भएको भरतपुर क्यान्सर अस्पतालमा पत्ता लागेको थियो । उपचारकोलागि छ /सात लाख रुपैयाँ लाग्ने उनका पपति ईसु बताए । त्यस्तै, दारी ग्याङ गोरखाले पनि उपचार सहयोग जुटाउन सामाजिक सञ्जाल मार्फत उसर्वानी बचाउ अभियान थालेको छ ।