गोरखाखबर(गोरखा,२३ जेठ) ।लकडाउन लम्विदै गए पछि गोरखाका चेपाङहरु तरुल,गिठ्ठा ,भ्याकुर खोजेर छाक टार्न बाध्य छन । गण्डकी गाउँपालिका वडा नं २, ६, ७ का गाउँमा बसोवास गर्ने चेपाङहरुमा बन्दाबन्दीले यस्तो समस्या देखिएको छ ।

काम पनि नपाएको र थोरै सुर्काबारीमा लगाएको तरकारी पनि बिक्री नभए पछि जीविका चलाउन कठिन भएको गोरखा गण्डकी गाउँपालिका वडा नं २ फुर्केडाँडाका मन बहाहदुर प्रजाले बताए । गण्डकी गाउँपालिका वडा नं २ का वडाध्यक्ष देउ बहादुर गुरुङले यही समस्या लाई मध्यनजर गर्दै चेपाङ लक्षित प्याकेज ल्याउने तयारी भइरहेको जानकारी दिए । गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकामा गरी चेपाङहरुको जनसंख्या ३ हजार ४ सय ४६ छ । शिक्षा र आर्थिक हिसाबले पिछडिएका यहाँका चेपाङहरुको मुख्य आयस्रोत खेतीपाती र ज्यालामजदुरी हो ।