गोरखाखबर(गोरखा,२२ जेठ) । कोरोना र सीमा सम्वन्धी देशै रोयो कोरोनाले…. बोलको गीत बजारमा ल्याए पछि अहिले गायिका तथा मोडल सरिता भारती चर्चामा छिन । सागर प्रधानको शब्द सँगीत रहेको देशभक्तिले ओतप्रोत कोरोना र सिमा रक्षा सम्बन्धि जनचेतनामूलक भारती सहित चेतना गोतामे, महेशबिक्रम पाण्डे र पुजा गुरुङको स्वर रहेको यो गीत गत साता मात्र बजारमा आएको हो ।

जुगल डँगोलको सँगीत, डब्बु क्षेत्रीको शब्द रहेको मेरो जवानी …बोेलको लोकपप गीत बाट भारती व्यवसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन । उनको यो गीतले गत वर्ष सगरमाथा म्युजिक अवार्डमा नव लोकपप गायिकाको अवार्ड समेत जित्न सफल भएको थियो । गायिका तथा मोडल सरिता भारतीले यस अघि पनि लुँडो र तास… बोलको गीत बजारमा ल्याइसकेकी छिन ।



सानै देखि कलाकारिता प्रति रुचि राख्ने गोरखाको पालुङटार नगरपालिका १० मिरकोटकी सरिता भारतीले विद्यालय जीवनमा पनि थुप्रै गायन प्रतियोगितामा भाग लिने गर्थिन । उनी व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ को उपाधि बिजेता समेत हुन । उनले ७ वटा म्युजिक भिडियोमा अभिनय गर्नुका साथै एक दर्जन भन्दा बढी फेशन शो मा मोडलिङ गरिसकेकी छिन ।



ब्युटी न्युज नेपालको समाचार संयोजकको रुपमा समेत कार्यरत गायिका तथा मोडल भारतीले जुगल डँगोलको सँगीत र आफ्नै शब्द स्वरमा रहेको पहिलो भेटमै बोलको गजललाई लकडाउन सकिएपछि सार्वजनिक गरिने जानकारी दिइन । उनी भन्छिन–“गाउँ बाट आएकी म अझै यस क्षेत्रमा स्थापित हुन प्रयासरत छु । समयले साथ दिएछ भने आफ्नो जिल्ला र गाउँठाउँ लाई चिनाउने धोको छ ।”व्यवस्थापनमा स्नातक गरेकी भारतीले आर्ट मेकअप पनि सिकाउने गर्छिन ।
