गोरखाखबर(काठमाण्डौं, २२ जेठ) । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । कोरोना भाइरसका कारण थप एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनी भारतबाट फर्किएका पाल्पाका पुरुष हुन्।भारतबाट फर्किएर क्वारेन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पा स्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो। उनको जेठ २० गते मृत्यु भएको र नमुना परीक्षण गर्दा कोरोनाभाइरस सङक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।