तत्काल विद्यालय भर्ना आह्वान नगर्न नेविसंघको माग


गोरखा खबर
  • बुधबार, जेष्ठ २१ २०७७

  • गोरखाखबर(गोरखा,२१ जेठ) । कोरोनाको महामारीकै वर्तमान अवस्थामा सरकारले भर्ना प्रकृया र पठनपाठनका लागि गरिएको आव्हान प्रति नेपाल विद्यार्थी संघ गोरखाले आपत्ति जनाएको छ ।

    नेपाल विद्यार्थी संघ गोरखाले बुधवार प्रेस विज्ञप्तीमा जारी गरेर सरकारी विद्यालयमा क्वारेन्टाइन स्थल बनाउने कार्यको पनि विरोध गरेको छ । अध्यक्ष सुवास अधिकारीद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्ति भनिएको छ –“​असार १ गतेदेखि नीजि विद्यालयहरुमा भर्ना खुलाउन गरिएको आव्हान तत्काल फिर्ता गरी कार्ययोजना सहित तमाम विद्यार्थीहरुको स्वास्थ्य रक्षामा गम्भीर बन्न हामी सरकारसँग जोड्दार माग गर्दछौं । इन्टरनेटका पहुँच सबै ठाउँमा र सबै विद्यार्थीहरुमा नपुगेको आजको अवस्थामा शुरु गर्न लागिएको अनलाइन कक्षा शुरु गरी त्यसैलाई आधिकारिक कक्षाकै रुपमा सञ्चालन नगर्न र शुल्क नलिन हामी जोड्दार माग गर्दछौं ।”

    प्रतिक्रिया

    सम्बन्धित समाचार