गोरखाका स्वास्थ्य संस्था लाई आईपासद्वारा सामाग्री सहयोग


गोरखा खबर
  • सोमबार, जेष्ठ १९ २०७७

  • गोरखाखबर(गोरखा,१९माघ) । कोरोनाको सम्भावित संक्रमण जोखिम कम गर्ने उद्देश्यले आईपास नेपालले सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्ने गोरखाका १५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

    प्रत्येक लाई २० हजार रुपियाँ बराबरको आईपासले दिएको स्वास्थ्य सामग्री पाउनेहरुमा गोरखा अस्पताल, पालुङटार नगरपालिका ३ वटा स्वास्थ्य संस्था,गण्डकी गाँउपालिकाका ३ वटा स्वास्थ्य केन्द्र, चुमनुब्री गाँउपालिकाका १ स्वास्थ्य केन्द्र, धार्चे गाँउपालिकाका २ स्वास्थ्य केन्द्र, आरुघाट गाँउपालिकाका १ स्वास्थ्य केन्द्र, बारपाक सुलिकोट गाँउपालिकाका१ स्वास्थ्य केन्द्र, भिमसेनथापा गाँउपालिकाका स्वास्थ्य केन्द्र , अजिरकोट गाँउपालिकाका १ स्वास्थ्य केन्द्र, शहिद लखनगाँउपालिकाका १ स्वास्थ्य केन्द्र गरी १५ वटा स्वास्थ्य संस्था रहेका छन । जिल्ला अस्पताल गोरखालाई पी.पी. ई, वाटर ÷ एयर पर्फु एप्रोन, आई गगलस सर्जिकल एनके ९५ मास्क लगायत सामाग्री रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार