गोरखाखबर(गोरखा,१९ जेठ) । नेपाल विद्यार्थी संघ गोरखाले जातिय विभेद र प्रेम विवाह विषयमा युवाहरुको ज्यान जाने गरी भएको पश्चिम रुकुमको घटनाको सवालमा जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापनपत्र बुझाएको छ ।

नवराज वि.क. सहित युवाहरुको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानविन र दोषी उपर कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत प्रधानमन्त्री लाई नेपाल विद्यार्थी संघले उक्त ज्ञापनपत्र बुझाएको हो । संघका जिल्ला अध्यक्ष सुवास अधिकारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको सचिव मिलनसिंह बस्नेतले जानकारी दिए ।