गोरखाखबर(गोरखा,१८ जेठ) । म्याग्दीका संक्रमित संगै आएका व्यक्ति गोरखाको पालुङटार नगरपालिका घर भएका ५० वर्षीय पुरुष रहेको पत्ता लागेको छ । भैरहवाको नमुना माबि बाट क्वारेन्टाइनमा बसेकाहरुलाई म्याग्दीसम्मका लागि लिएर छुटेको म्याग्दी यातायात प्रालिको ना.५.ख.२८९८ नम्बरको बसबाट उनी गोरखा आएका थिए ।

गोरखा आए संगै पालुङ्टारको धर्मावती आधारभूत विद्यालयको क्वारेण्टाइनमा बसेका उनको आरडिटी र पिसिआर दुवै रिर्पार्ट नेगेटिभ आए पछि घर गएका थिए । घरमै क्वारेन्टीनमा बसिरहेका उन लाई संगै आएका म्याग्दीका एकजना संक्रमित भए पछि थप निगरानी राखिएको र फेरी पिसिआर गराउने तयारी भइरहेको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिइन ।