जी ७ को बैठक स्थगित


गोरखा खबर
  • आइतबार, जेष्ठ १८ २०७७

  • एजेन्सी(वासिङ्टन,१८ जेठ) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह ९जी७० को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् । यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको संक्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो । सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए ।

    अहिले जी ७ को संरचना नै पुरानो र असान्दर्भिक भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताए । अमेरिकी संचार माध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले, मैले जी ७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जि ७ समूहले सम्बोधन गर्न सक्दैनु, भनेका छन् ।विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जि ७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको थियो । जी ७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ ।राष्ट्रपति ट्रम्पले जी ७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गर्नु भएको छ । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाएका छन् । रसियालाई सन् २०१४ मा जी७ को सदस्यबाट हटाइएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार