गोरखाखबर(गोरखा,१८ जेठ) । कोरोना पुष्टि भएका म्याग्दीका व्यक्ति संगै बसमा आउने एकजना गोरखाको पनि भएको खुलेको छ । गत जेठ ९ गते भैरहवाको नमुना माबि बाट क्वारेन्टाइनमा बसेकाहरुलाई म्याग्दीसम्मका लागि लिएर छुटेको म्याग्दी यातायात प्रालिको गाडी नम्बर ना.५.ख. २८९८ मा सबार म्याग्दीमा १ व्यक्तिमा कोरोना पुष्टि थियो ।

उनी संग आउनेहरुको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा एउटै बसमा आएका २३ जनामध्ये हालसम्म १३ जनामात्रै सम्पर्कमा आएको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए । शर्माद्वारा जारी प्रेस विज्ञप्तीमा बसमा २३ जनामध्ये एक जना गोरखा जाने भनेर आँबुखैरेनीमा झरेका थिए । ३ जना लमजुङ जाने भनेर तनहुँ डुम्रेमा आर्लेको र ‘२ जना भने पोखराको पुरानो बसपार्कमा ओर्लिएको जानकारी चालकले दिएका छन् ।