गोरखाखबर(गोरखा,१८ जेठ) । गण्डकी प्रदेशमा कोरोना भाइसर बाट संक्रमित हुनेको संख्या २४ जना पुगेको छ ।गण्डकी प्रदेशको बाग्लुङ्गमा ८, स्याङ्गजामा ७, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ र म्याग्दी, तनहुँ र लमजुङमा १-१ जनामा कोरोना संक्रमण देखिएको छ।

उनीहरुको नमुनाको परीक्षण पोखरा, भरतपुर र काठमाण्डौंमा गरिएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद विन्दु शर्माद्वारा आइतवार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । संक्रमित मध्ये ३ जना निको भएर घर फर्किसकेका छन । संक्रमण अहिले सम्म गण्डकी प्रदेशका ६ जिल्लामा देखिएको छ ।
