नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो ,एकैदिन १८९ जनामा पुष्टि


गोरखा खबर
  • शनिबार, जेष्ठ १७ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१७ जेठ) । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १४०१ पुगेको छ। शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    शनिबार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन्। शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो।शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।अहिलेसम्म निको हुनेको सङ्ख्या २१९ छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार