कोरोनाले नेपालमा अहिले सम्म ६ जनाको ज्यान गुम्यो


गोरखा खबर
  • शुक्रबार, जेष्ठ १६ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१६ जेठ) । कोरोनाले अहिले सम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । नेपाल आउने क्रममा गत जेठ १० गते बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषलाई नेपालमै मृत्यु भएको संख्यामा गणना गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उनको जेठ ११ गते स्वाब परीक्षणको लागि भैरहवास्थित प्रदेश प्रयोगशालामा पठाइएको थियो। बिहीबार नतिजा आउँदा मृतक पुरुषमा कोरोना पोजेटिभ देखियो। उनको यसअघि नै परिवारले उनको दाहसंस्कार गरिसकेको छ। अर्घाखाँचीको भुमिकास्थान–९का उनी भारतमा मजदुरी गर्दथे ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार