क्वारेन्टीनबाट जिल्लावासी ल्याउन उद्धार कोष


गोरखा खबर
  • आइतबार, जेष्ठ ११ २०७७

  • गोरखाखबर(गोरखा,११ बैशाख) । भारतीय सीमा जोडिएको जिल्लाबाट मानिसहरु उद्धारका लागि गोरखाका स्थानीय तहहरुले संयुक्त कोष खडा गर्ने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोभिड १९ विपद व्यवस्थापन केन्द्रको संयुक्त बैठकले गोरखा नगरपालिकामा सम्पूर्ण स्थानीय तहहरुले हाललाई १ लाख रुपियाँका दरले रकम उपलब्ध गराउने गरी उद्धार कोष स्थापना गर्ने निर्णय गरेको छ । साथै बैठकले औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गरी नेपाल प्रवेश गरी भारतसंग जोडिएका सिमावर्ती जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका जिल्लावासीहरुको उद्धार गरी ल्याउन सवारी व्यवस्थापन लगायत विभिन्न प्रयोजनको उक्त कोषको स्थापना गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार