गोरखाखबर(काठमाण्डौं, १० जेठ) । चन्द्रमा नदेखिए पछि इस्लाम धर्मालम्वीहरुको चाड इद पर्वको विदा सोमवार दिने भएको छ ।

मुस्लीम समुदायको पर्व इदुल फित्रको अवसरमा चन्द्रमा नदेखिएकोले मुस्लिम आयोगको समेत अनुरोधमा जेठ १२ गते सोमवार सार्वजनिक विदा हुने गृह मन्त्रालयले प्रेस विज्ञप्ती प्रकाशित गरेर जानकारी दिएको छ । मन्त्रीपरिषदको बैठकले यस अघि जेठ ११ गते आइतवार बिदा दिने निर्णय गरेको थियो ।
