गोरखाखबर(गोरखा,१० जेठ) । गोरखा अस्पतालमा आरडिटी परीक्षणमा शंकास्पद देखिएकी एक महिलाको स्वाब परिक्षण( पिसिआर)मा नेगेटिभ देखिएको छ ।

गोरखा नगरपालिका वडा नं १२ की ३९ वर्षीय महिला लाई शुक्रवार आरडिटी परीक्षणमा शंकास्पद देखिएको थियो । उनको स्वाब संकलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाएको पिसिआर रिर्पाेर्ट नेगेटिभ आएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । सुचना अधिकारी ढकालका अनुसार आइलोसेशनमा राखिएको ति महिलामा रगतको कमी सम्वन्धी (पानसाइटोपेनिया) स्वास्थ्य समस्या रहेको छ ।