गोरखाखबर(गोरखा,९ जेठ) । स्बाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको गोरखाको ३० जनाकै रिर्पाेर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय समन्वयमा गोरखा नगरपालिकाको मनकामना बहिरा विद्यालयको क्वारेन्टिनमा रहेका २९ जना बिहीवार स्वाब संकलन गरी प्रयोगशालामा कोरोना परीक्षणका लागि पोखरा पठाएको थियो । क्वारेन्टिनमा रहेका २९ जनाकै रिर्पाेर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए । त्यस्तै गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोक स्थित क्वारेन्टीनबाट पनि १ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा रिर्पाेर्ट नेगेटिभ नै आएको छ ।