गोरखाखबर(काठमाण्डौं,८ जेठ) । नेपालमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ । दिउँसो पुष्टि भएका नौ जना र बिहान पुष्टि भएका १७ जनासहित नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्ण रूपन्देहीमा एक र झापामा आठ सङ्क्रमित फेला परेको पुष्टि गरेका हुन्। उनीहरू सबै पुरुष हुन्।सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।