गोरखाखबर(काठमाण्डौं,६ जेठ) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या ४०२ पुगेको छ।

नेपालमा मङ्गलवार थप २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सबै प्रदेशका कुल ३६ जिल्लामा सङ्क्रमित भेटिएका छन्।हालसम्म नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ र ३७ जना सङ्क्रमित निको भएका छन्।