
रीता परियार-
लामो बिदेश बसाई पछी नेपाल प्रति अनन्त माया र सपना बोकि फर्किएकी म रीता परीयार । म त्यहि ब्यक्ति बेलायतको राजधानी लन्डन बस्दा केवल म रीता र म एक मानव भएर सम्मानपुर्वक बाँचेको थिए ….जब म नेपालमा आउने बित्तिकै म रीता र एक अछुत भए….म मानव त के एक पशु भन्दा पनी तल्लो स्तरको भए किनकी पशुलाई त छुन मिल्छ तर मलाई छुन मिल्दैन किनकी म अछुत हुँ
बर्षौ पछी फेरी मेरो घाँउ बल्झियो । यो छुवाछुत र जातिय बिभेद अब हट्नु पर्छ , म मानव भएर बाच्न सक्ने भइसकेको छु अब मेरा समुदायका मान्छे ले पनि सम्मानपुर्बक बाच्न पाउनु पर्छ भन्ने मेरो चाहना थियो । हुन त जातिय बिभेद र छुवाछुत गरीनु हुदैन र गरीएको खण्डमा कड़ा सजाए दिइनेछ भनी संबिधानमा लेखेको छ तैपनी हाम्रो समाजमा जातिय बिभेद र छुवाछुत अझै पनी ज़रा गाडेर बसेको छ ।
लोकतान्त्रिक मुलुकमा सम्मानित जीवन जिउने हक सबैलाई बराबर हुन्छ ।कसैमाथि कुनै प्रकारको दुर्व्यवहार गर्नु अपराध हो । जातकै आधारमा गरिने हिंसा त अझअस्वीकार्य छ । तसर्थ, जातीय भेदभावमुक्त समाजको बाटोमा तगारो थप्ने यस्ता क्रियाकलापको अन्त्य हुनैपर्छ ।जन्मँदै अपमानको जिन्दगी जिउनुपर्ने अवस्था जुनसुकै सभ्य समाजका लागि ठूलो कलंक हो । एउटा दलित बच्चाले यती पनी घृणा र अपमानको भारी बोक्नुपर्छ । यदी अमेरिका युरोपमा एक बच्चा माथी यस्तो ब्यबहार हुदो हो त उसलाई बर्षौ समय लाग्छ निको भइ सामान्य अबस्थामा पुग्न भने तपाई कल्पना गर्नुहोस प्रत्येक दलित बालकलाई त्यो ट्रमा बाट गुज्रिनु पर्छ । यी तमामा सोच बोकेर म महाकाली देखी मेचि सम्मको पदयात्रा गरे । यात्रा कठिन र दुखदायी थियो तर मेरो समुदाएले बर्षौ देखि भोगेको पिडाको सामु मेरो पिडा केहि थिएन । यात्रामा सबैको मित्र, समाजसेवी र पालीकाहरुको सहयोग र एक्यबद्दता थियो । यो यात्रा निरन्तर चलिरहनेछ ….जब सम्म सयौ बर्ष देखिको सामाजिक संरचना बिभेदमा आधारित छ । सबैभन्दा पिडित छन दलितहरु । त्यही भएर मुलुक र समाजले अन्य क्षेत्रमा फडको मारेता पनि दलितको समस्या जहांको त्यही छ । सार्वजनिक स्थल, घर, मन्दिर, धारा, कुवा सबैतिर बिभेद भोग्न विवश बनाइएका छन र पनि हाम्रो समाज अझैपनी धेरै हदसम्म संवेदनशुन्य छ । जब सम्म संबिधानका अक्षरहरु ब्यबहारीक रुपमा उत्रीनन् तबसम्म म जस्ता हजारौ रिताहरु यो बिभेद रहित समाजको परीकल्पनामा पदयात्रा गरीरहने छन ।
(लेखक दलित अधिकार अभियान्त हुन् । )