गोरखाखबर(गोरखा,२९ बैशाख) । नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ।सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० जनामा कोभिड–१९ भेटिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।
