थप ७ जनामा संक्रमण, १०९ पुगे संक्रमित


गोरखा खबर
  • शनिबार, बैशाख २७ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२७ बैशाख) । नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

    मन्त्रालद्वारा जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ।टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरू र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरू तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा संक्रमण देखा परेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार