गोरखाखबर(गोरखा,२५ बैशाख) । गोरखाको सिरानचोक गाँउपालिका वडा नं ८ लाङदीबेसीमा चट्याङ्ग लागेर २ जना घाइते भएका छन ।

स्थानीय राजु मिजारको घरमा बिहीवार दिउँसो १२ बजेर ३५ मिनेटको समयमा चट्याङ्ग पर्दा मिजार र उनकी श्रीमती सरिता मिजार सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले छ । प्रहरीका अनुसार चट्याङ्गको कारण घरमा जडान भएको बिजुलीको मिटर बक्स पुर्ण रुपमा जलेर नष्ट हुनुका साथै बाँस र जस्ता पाताले बनेको घर पूर्ण रुपमा भत्किएको छ ।