अमेरिकन आइडलको १० जनामा दिवेश


गोरखा खबर
  • सोमबार, बैशाख २२ २०७७

  • गोरखाखबर(एजेन्सी,२२ बैशाख) । अमेरिकन आइडलको १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुग्न सफल भएका छन्।

    २१ वर्षीय दिवेश कार्यक्रममा अर्थर गनु नामबाट प्रतिस्पर्धा गरिरहेका छन्। यसै वर्ष १८ औं सिजनमा पुग्न सफल अमेरिकन आइडल दिवेशको सहभागितासँगै नेपालीहरूका लागि खास बनेको छ। कोरोना भाइरसको त्रासमाझ जारी कार्यक्रममा उत्कृष्ट १० को छनौटका घरबाटै भिडिओ अडिसन गरिएको छ।गायन प्रतियोगिता कार्यक्रम अमेरिकन आइडल संसारभर चर्चित छ। उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति हुन्छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार