नेकपा स्थायी समिति बैठक बैशाख २५ गर्ने सचिवालयको निर्णय


गोरखा खबर
  • शनिबार, बैशाख २० २०७७

  • गोरखाखबर(काठमाण्डौं,२० बैशाख) ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालयको बैठकले बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ।बैठकमा अन्य शीर्ष नेताहरूले पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे आत्मआलोचना गरेका थिए।

    प्रतिक्रिया

    सम्बन्धित समाचार