गोरखाखबर(गोरखा,१९ बैशाख) । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा भीमसेन थापा गाउँपालिकाको वगुवामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

मे दिवसमा राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको सरसफाई कार्यक्रमका सहभागीले वर्षाको कारण बगेर सडकमा जम्मा भएको माटो र अवरुद्ध भएको सडकका नाली सफा गरेका थिए । सामूहिक रुपमा सरसफाई गरिएको भएता पनि कोरोना भाइरसको जोखिम लाई ख्याल गरेर सामाजिक दुरी कायम गरिएको युवा संघका सागर श्रेष्ठले जानकारी दिए ।