लकडाउन उल्लंघन गर्ने लाई कक्षा सहित जरिवाना


गोरखा खबर
  • बिहिबार, बैशाख १८ २०७७

  • गोरखाखबर(गोरखा,१८ बैशाख) । लकडाउन उल्लंघन गर्ने ७ जना लाई बिहीवार सचेतना कक्षा सहित जरिवाना भएको छ । लकडाउनको बेला बाहिर हिड्डुल गरिरहेका ७ जना लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिएका सबै लाई कोभिड–१९ सम्वन्धी कार्यालय परिसरमा कक्षा लिएर संक्रामक रोग ऐन अनुसार कारवाहीको लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालय गोरखाले ७ जना लाई प्रतिव्यक्ति एकसय रुपियाँ जरिवाना गराएर छाडेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार