विकास निर्माण सुचारु गर्न मन्त्री बस्नेतको निर्देशन


गोरखा खबर
  • बिहिबार, बैशाख १८ २०७७

  • गोरखाखबर(गोरखा,१८ बैशाख) । लकडाउनका कारण गोरखामा अवरुद्ध रहेको विकास निर्माण काम क्रमश सुचारु गर्ने प्रक्रिया शुरु भएको छ । गण्डकी प्रदेश मातहतका खानेपानी, सडक, भवन र सिंचाई कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु संग बुधवार गोरखा सदरमुकाममा भेटघाटका क्रममा गण्डकी प्रदेश भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले विकास निर्माण रोकिएको काम क्रमश शुरु गर्न निर्देशन दिएका छन ।

    सरकारले जारी गरेको सुरक्षात्मक मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्दै स्थानीय तहको सहजीकरण र समन्वयमा अव विकास निर्माण सुचारु गर्नुपर्ने गण्डकी प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले बताए । गोरखा आएका मन्त्री बस्नेतले सुरक्षा निकायका प्रमुखहरु संग भेटघाट गर्नुका साथै आरुघाट पुगेर स्वास्थ्यकर्मी,स्थानीय तहका जनप्रतिनिधिहरु संग कोभिड –१९ का सन्दर्भमा गोरखा जिल्लामा भइरहेको रोकथाम र नियन्त्रणको प्रगति र समस्याका बारेमा जानकारी लिएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार