आईपास नेपालले दियो ३ वटा थर्मल गन


गोरखा खबर
  • मंगलबार, बैशाख १६ २०७७

  • गोरखाखबर(गोरखा,१६बैशाख) । कोरोना भाइरसको रोकथाम अभियानमा सहयोग स्वरुप आईपास नेपालले गोरखाको ३ कार्यालय लाई थर्मल गन प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र गोरखा कारागारका लागि ज्वरो नाँप्ने ३ वटा थर्मल गन उपलब्ध गराएको हो ।

    गोरखा जिल्लामा कार्यरत अन्तर्राष्टिय गैर सरकारी संस्थमा कार्यरत कर्मचारीहरुको साझा मञ्चको तर्फबाट राम सापकोटले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लाई उक्त थर्मल गन हस्तान्तरण गरे । आईपास नेपाल नामक गैरसरकारी संस्थाले गोरखा जिल्लामा पनि प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्दै आएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार