गोरखाखबर(काठमाण्डौं,१६ बैशाख) । प्रयोगशाला परिक्षणका क्रममा थप दुइजनामा पुष्टि भए पनि नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

रौतहट जिल्लाको वृन्दाबन नगरपालिका करुनिया निवासी २४ वर्षीय युवक र अर्का देवाही गोनाही नगरपालिकाको ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ। प्रादेशिक अस्पतालमा सङ्क्रमण नदेखिएको उनीहरूको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको थप परीक्षणमा मङ्गलवार सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।