गोरखाखबर(गोरखा,१४ बैशाख) । नोबेल कोरोना रोकथााम तथा नियन्त्रणको मापदण्ड पालना गर्दै विकास निर्माण लाई योजनाहरु सञ्चालन गर्ने भएको छ । सम्वन्धित स्थानीय तहको समन्वय र सुपरीवेक्षणमा स्थानीय जनशक्तिको उपयोग गरी निर्माण आयोजनाहरु सुचारु गर्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा जिल्ला स्थित राजनितिक दल, स्थानीय तहका प्रमुखको उपस्थितीमा आइतवार बसेको सर्वपक्षीय बैठकले जिल्ला बाहिरबाट दक्ष तथा अदक्ष जनशक्ति ल्याउन परेमा स्थानीय तहको सिफारिसमा मात्र ल्याउने व्यवस्था मिलाउने र निजी आवास पूननिर्माण र निझी आवास निर्माण लगायतका गाउँ नगर स्तरका योजना समेत स्थानीय तहले संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरियो । निर्माण आयोजना सञ्चालन गर्न गत बैशाख ६ गते देखि जिल्ला प्रशासन कार्यालयले अनुमति पनि दिदै आएको छ ।