संक्रमित ५२ पुग्दा १६ जना निको भए


गोरखा खबर
  • आइतबार, बैशाख १४ २०७७

  • गोरखाखबर(गोरखा,१४ बैशाख) । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतवार साँझ सम्म ५२ पुगेको छ । कोशी अस्पताल, विराटनगरमा प्रयोगशाला परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    कोरोनाको संक्रमण पुष्टि भएर विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये १६ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता सुनिलकुमार अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार