गोरखाखबर(गोरखा,१३ बैशाख) । देशका विभिन्न ठाउँमा शनिवार मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसम विभागले जनाएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमको पुर्वानुमान गरेको छ । ।

यसकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज देशभरी कै मौसम सामान्य बदली भई पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ । यस्तै आज राती पनि केहि ठाउँमा पानी पर्ने सम्भावना छ ।