गोरखाखबर(गोरखा,१२ बैशाख) । नेपालमा शुक्रवार थप एकजनामा कोरोना पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापाका ६२ वर्षीय एकजना पुरुषमा संक्रमण देखिएको हो ।

आइसोलेशन अस्पतालमा रहेको ति व्यक्तिको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर अधिकारीले जानकारी दिए । यो संगै नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ ।
