गोरखामा बालिका बलात्कृत


गोरखा खबर
  • सोमबार, बैशाख ८ २०७७

  • गोरखाखबर(गोरखा,८ बैशाख) । गोरखा नगरपालिका वडा नं ७ बस्ने वर्ष २६ का रामशरण सिर्मलले एक १६ वर्षीया बालिका लाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    सोही ठाउँ बस्ने ति बालिका लाई गत बैशाख ३ गते ललाई फकाई आफ्नो घरमा लगेर बिहे गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको भन्ने पीडितकी बावुको उजुरीको आधारमा सिर्मल लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सिर्मल विरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत बाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । लकडाउनकै अवधिमा गत चैत २५ गते अर्का एक बालिका माथी भएको जबरजस्ती करणीको घटनामा पनि प्रहरीले एकजना लाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार