गोरखाखबर(गोरखा,७ बैशाख) । हावाहुरीले छानो उडाएको पालुङटार नगरपालिका वडा नं ७ का पीडित घर परिवार लाई नेपाल रेडक्रस सोसाइटी गोरखाले त्रिपाल प्रदान गरेको छ ।

वर्षा संगै शुक्रवार साँझ आएको हावाहुरीले छानो उडाएको घर परिवार लाई रेडक्रस सोसाइटीले त्रिपाल प्रदान गरेको हो । हावाहुरी बाट पीडित बनेका ८० घरधुरी लाई त्रिपाल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी गोरखाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार