गोरखाखबर(गोरखा,५ बैशाख) । गोरखाको सतिपिपल स्थित क्याफे दि चौतारीले लकडाउनमा टिकटक भिडियो प्रतियोगिताको आयोजना गरेको छ ।

घरमै बस्नुस सुरक्षित रहनुस भन्ने नाराका साथ टिकटक भिडियो प्रतियोगिताको आयोजना गरेको हो । लकडाउनमा बाहिर निस्कन नपाएर उकुसमुकुस भएको अहिलेको बेला लाई मध्यनजर गर्दै घरबाटै आफू संग भएको कला प्रर्दशन गर्ने अवसर र मनोरन्जन प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको क्याफे दि चौतारीका सञ्चालक सोम श्रेष्ठले बताए । सहभागी हुन सबैभन्दा पहिले प्रतियोगिले फेसबुक https://www.facebook.com/khushi2075/पेजमा लाइक गर्नुपर्नेछ । नेपाली,हिन्दी र अंग्रेजी भाषामा बनाएको टिकटक भिडियोले मात्र सहभागीता जनाउन पाउने छन । क्याफे दि चौतारी क्याफे परिसर देखिने गरी सम्वन्धित व्यक्तिले बनाएको भिडियोले पनि सहभागीता हुन पाउनेछ । बनाएको टिकटक लाई पेजमा नाम र ठेगाना लेखेर इनबक्स गरेर पठाउनु पर्ने प्रतियोगिताको नियममा उल्लेख छ । प्रतियोगिताको बिजेता टिकटक भिडियो धेरैले हेरेको र लाइक गरेको आधारमा छनौट गरिने र विजेता लाई खुशी फेन्सी बसपार्कको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिने पनि क्याफे दि चौतारीका सञ्चालक श्रेष्ठले जानकारी दिए । लकडाउन खुले संगै बिजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।