बाटो नछेक्न गोरखा नगरपालिकाको निर्देशन(सुचना सहित)


गोरखा खबर
  • शुक्रबार, बैशाख ५ २०७७

  • गोरखाखबर(गोरखा,५बैशाख) । लकडाउनको क्रममा बाटो नछेक्न गोरखा नगरपालिकाले निर्देशन गरेको छ ।

    गोरखा नगरपालिकाले शुक्रवार एक सुचना जारी गरेर लकडाउनको अवधिमा नगर क्षेत्र भित्र आवत जावत रोक्न भनी रुख ढाल्ने, ढुङ्गामुढा राख्ने, बाँसको भाटा प्रयोग गर्ने लगायतको अवाञ्छित क्रियाकलाप गरेकोले आकस्मिक कार्यमा जानुपर्ने सवारी साधन रोकिदा थप समस्या भएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्यालद्वारा हस्ताक्षरित जारी सुचनामा यस्ता कार्य नगर्न नगराउन र गरेको भएकोमा तत्काल अवरोध हटाउन निर्देशन गरेको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार