गोरखाखबर(गोरखा,५बैशाख) । गोरखाको पालुङटार नगरपालिका वडा नं ४ अल्का चिलाउनेमा शुक्रवार चितुवाको आक्रमणबाट दुईजना स्थानीय घाइते भएका छन । गोठालो गएको बेला चितुवाको आक्रमणबाट स्थानीय १६ वर्षीय संकल्प देवकोटा र २६ वर्षीय विक्रम भण्डारी घाइते भएका हुन ।

बाख्रा हेरिरहेको बेला पछाडीबाट एक्कासी चितुवाले आक्रमण गर्दा हात, गोडा र ढाँडमा चिर्थाेरिएको र उनीहरु उपचार डुम्रे स्थित पदम मेडिकल हलमा भएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । आक्रमणमा परेका २ जनाले प्रतिकार गर्ने क्रममा चितुवा मारिएको छ । मारिएको चितुवा पुच्छर सहित ५ फिट रहेको र घटनाको मुचुल्का गरी प्रक्रिया अघि बढाएको सव डिभिजन वन कार्यालय ठाँटीपोखरीका प्रमुख अर्जुन अछामीले जानकारी दिए ।