नेपालमा ३ जनामा कोरोनाको संक्रमण पुष्टी


गोरखा खबर
  • आइतबार, चैत्र ३० २०७६

  • गोरखाखबर(गोरखा,३०चैत)  । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगञ्जको छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा तीमध्ये तीनजनामा कोभिड–१९ भेटिएको आइतवार दिउसो प्रेस विफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    उनीहरू ३७, ५५ र ४४ वर्षका पुरुषहरू भएको बताइएको छ।उनीहरू तीनै जना भारतीय नागरिक हुन ।उनीहरूलाई शुक्रवारदेखि आइसोलेसनमा राखिएको बताइएको छ। यो संगै नेपालमा कोरोना भाइरस बाट संक्रमितको संख्या १२ जना पुगेको छ । जसमध्ये १ जना निको भइसकेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार