सांसद विकास कोष अनुचित : प्रवक्ता श्रेष्ठ


गोरखा खबर
  • शनिबार, चैत्र २९ २०७६

  • गोरखाखबर(गोरखा,२९चैत) । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष अनुचित रहेको बताएका छन ।

    राष्ट्रिय सभाका सांसद समेत रहेका श्रेष्ठले आफूले पहिले देखि नै भन्दै आएको सांसद विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत रहेको भन्दै आफ्नो ट्वीटर एकाउन्ट बाट शनिवार बिहान ट्वीट गरेका छन । “अहिले कोभिड–१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम( ज्यादै कम मात्र खर्च भएको होला) कोभिड–१९ कोषमा राखौं र अव देखि यो शिर्षकमा बजेट नराखौं । यो सही छ । निर्णय गरिहालौं ।”– प्रवक्ता श्रेष्ठले गरेको ट्वीटमा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार