स्वास्थ्य सामाग्री लिएर अस्पताल पुगे मन्त्री बस्नेत


गोरखा खबर
  • शुक्रबार, चैत्र २८ २०७६

  • गोरखाखबर(गोरखा,२८ चैत) । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत शुक्रवार स्वास्थ्य सामाग्री लिए गोरखा अस्पताल पुगे । मन्त्री बस्नेतले प्रदेश सरकारको तर्फबाट ३ सय ५७ वटा कोरोना परीक्षण किट्स जिल्लाका लागि हस्तान्तरण गरेका छन ।

    त्यस्तै गोरखा अस्पतालका लागि ५ वटा पिपिय सेट र ५ सय वटा सर्जिकल मास्क हस्तान्रण गरेका छन । सो क्रममा मन्त्री बस्नेतले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,गोरखा अस्पतालका निमित्त प्रमुख डा.नविन थापा, स्वास्थ्य कार्यालय प्रमुख विद्या तामाङ लगायत संग भेटघाट गरेर जिल्लाको अवस्था बारे जानकारी लिएका थिए । सो क्रममा बजेट विनियोजन भइसकेकोले गोरखा अस्पतालमा केही दिन भित्र नै आइसीयु निर्माण काम थाल्न मन्त्री बस्नेतले निर्देशन समेत गरे ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार