गोरखाखबर(गोरखा,२८चैत) ।गोरखामा पनि कोरोना भाइरस -यापिड डाइगोनसिस टेष्ट(आरडिटी) शुरु भएको छ । आर डि टी किट्स गरिने परीक्षणका लागि स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका सबै नगर र गाउँपालिका टोली खटाएको छ ।

विदेशबाट आउनेहरुमा यो परीक्षण गर्न लागेको हो । यो परीक्षणमा पोजेटिभ देखाए पुन ति व्यक्तिको स्वाब लिएर ल्याबमा पठाइने जनाएको छ । अहिले सम्म संकलित तथ्याङ्कका अनुसार गोरखामा ३ सय ८९ जना मानिसहरु विदेश बाट आएका छन । गण्डकी प्रदेश सरकारले शुक्रवार गोरखा जिल्लाका लागि ३ सय ५७ वटा परिक्षण किट्स ,मास्क, पिपिइ सेट उपलब्ध गराएको छ ।