मास्क नलगाउने लाई फिलिपिन्समा प्रहरीले गोली हान्यो


गोरखा खबर
  • आइतबार, चैत्र २३ २०७६

  • गोरखाखबर(एजेन्स) । मास्क लगाई हिडेको विषयमा प्रहरी संग विवादमा प्रहरीले चलाएको गोली लागेर फिलिपिन्समा एकजनाको मृत्यु भएको छ ।ती व्यक्ति मास्क लगाउने विषयमा दक्षिणी प्रान्त अगुसन डेल नोर्तेको नासिपित सहरको चेकप्वाइन्टमा त्यहाँका स्वास्थ्य अधिकारी र प्रहरीसँग झगडा गरेका थिए । मास्क नलगाई बाहिर निस्किएका ती व्यक्तिलाई स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गरेपछि उनी आक्रोशित भए ।स्वास्थ्यकर्मीको आग्रहपछि आक्रोशित भएका उनले अपशब्द बोल्दै कर्मचारीमाथि धारिलो हतियारले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कर्मचारीलाई आक्रमण गरेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए ।

    Philippine police man a checkpoint on the border between Quezon city and Manila districts on March 18, 2020, as the government imposed measures to curb the spread of the COVID-19 coronavirus. – Philippine President Rodrigo Duterte ordered about half the country’s population to stay home for the next month in a drastic bid on March 16 to curb the rising number of new coronavirus cases. If fully enforced, the sweeping order would mean most of the 55 million people on the main island of Luzon, which includes the capital Manila, would be housebound. (Photo by Ted ALJIBE / AFP)

    विश्वमै सम्भवतः भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको नियम उल्लंघन गर्ने व्यक्तिलाई गोली हानिएको यो पहिलो घटना हो । राष्ट्रपति रोड्रिगो दुतेर्तेले नियम उल्लंघन गर्ने जोकोहीलाई गोली हान्न सुरक्षाकर्मीलाई बुधबार आदेश दिएका थिए । उनले भनेका छन्, ‘प्रतिबन्धविना भाइरस नियन्त्रण हुँदैन, यदि तिमी यो नियम मान्दैनौँ भने अरू निर्दोष मानिसको ज्यान बचाउन म तिम्रो जीवन समाप्त गर्दिन्छु ।’फिलिपिन्समा तीन हजार ९४ जना भाइरसबाट संक्रमित भएका छन् भने एक सय ४४ को मृत्यु भएको छ । भाइरसको संक्रमण भएकामध्ये ५७ जना निको भएका छन् ।त्यहाँको लुजोन प्रान्त एक महिनाभन्दा अगाडिदेखि बन्द गरिएको छ भने यसबाहिरका अन्य प्रान्तहरूले भाइरसको प्रकोप फैलिन नदिन आफैँ लकडाउन गरेका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार