कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६५ हजार बढी


गोरखा खबर
  • आइतबार, चैत्र २३ २०७६

  • गोरखाखबर(गोरखा,२३ चैत) । विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) का कारण ६५ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ । Worldometer ले आइतवार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वरभर ६५ हजार ८ सय ३२ जनाको भाइरसका कारण मृत्यु भएको छ ।

     

    विश्वभर १२ लाख १७ हजार ७ सय २४ जना मानिसहरु संक्रमित भएका छन । त्यस्तै निको हुनेमा २ लाख ५३ हजार ७ सय ४४ जना रहेका छन । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले सम्म ९ जनामा संक्रमण देखिएकोमा १ जना निको भइसकेका छन । एकहजार ५ सय २१ जनाको परीक्षण गरिएकोमा १ हजार ५ सय १२ मा संक्रमण नदेखिएको र ६९ जना लाई आइसोलेसनमा राखिएको पनि मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार