सौरपानी जीप दुर्घटना अपडेट : घाइतेको हेलिकप्टरबाट उद्धार


गोरखा खबर
  • मंगलबार, फाल्गुन २७ २०७६

  • गोरखाखबर(गोरखा,२७ फागुन) ।गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ को सौरपानीमा मंगलवार बिहान जीप दुर्घटना परी गम्भीर घाइते भएका ४ जना हेलिकप्टरबाट उद्धार गरेको छ ।

    घाइते भएका मध्ये श्रीमान गुरुङ, विमला गुरुङ, विनोद गुरुङ र रमा गुरुङ लाई थप उपचारका लागि माउन्टेन एयरको हेलिकप्टरका काठमाण्डौंको ट्रमा सेन्टर पठाएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । बाँकी घाइते एम्वुलेन्समा सदरमुकाम पठाएको हो । गोरखा तर्फ आउँदै बा.१५ च.१०१६ नम्वरको जीप सौरपानीको छहरे खोलामा दुर्घटनामा भएको हो । दुर्घटनामा १३ जना घाइते भएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार