गोरखाखबर(गोरखा,२२ फागुन) ।गोरखाको मान्वुको धोर्चेतमा बुधवार राती भएको जीप दुर्घटनामा घाइते धार्चे गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङ सहित ७ जना लाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि थप उपचारका लागि नेपाली बिहीवार सेनाको हेलिकप्टरबाट काठमाण्डौंको नर्भिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

ग.१.च.५५०५ नम्वरको जीप कच्ची सडकबाट खसेर भएको दुर्घटनामा धार्चे गाउँपालिका वडा नं ६ का वडा सचिव लमजुङ घर किरण रिमालको मृत्यु हुनुका साथै धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ, चालक बालचन्द्र गुरुङ, स्वास्थ्यकर्मी धन बहादुर गुरुङ,फोटोग्राफर केयरसिंह गुरुङ गाउँपालिका कर्मचारीहरु शर्मीला गुरुङ , निशा गुरुङ, र फेज नेपालका कर्मचारी सुरज नेपाल घाइते भएका थिए ।